नेपाल धितोपत्र बाेर्डले ipo 10 कित्ताबाट बढाएर कम्तीमा 250 कित्ता भर्नुु पर्ने बनाउदै ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 18-नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणले भर्न पाउने ipo 10 कित्ता सेयर बढाएर कम्तीमा 250 कित्ता बनाउदै छ 250 कित्ता भनेकाे सय रुपैयाँ कित्ताले 25 हजार हाे, यसरी हेर्दा 95 प्रतिशत साधारण जनताले ipo भर्न पाउने छैनन् । पहिले 100 रुपैयाँ कित्ताले 10 कित्ताकाे 1000 रुपैयाँ भएकाेले सर्वसाधारणले ipo भर्न पाईन्थ्याे  । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका नाममा नया नियमावली ल्याएरन्युनतम दश कित्ता आवेदन दिन पाउने व्यवस्था हटाएर निवेदन दिन पाउने सेयरको न्युनतम कित्ता 250 बनाउदैछ।। जहाँ हरेक 25 मा 24 जना सेयर पाउनबाट बन्चित हुनेछन । 25 जनामा बाँडिने सम्पत्ति एक जनामा थुप्रिने छ । सेयर पाउने कुरा अझ बढी चिठ्ठामा परिणत हुदैछ ।स्थानीयबासिले पाउदै आएको सेयर हटाउदैछ
बैदेशिक रोजगारमा गएकालाई छुट्याउन थालेको सेयर पनि हटाउदैछ।बोर्डको यो कामले सेयर बजारमा प्रवेश गर्न चाहने थोरै बचत तथा सानो पुँजि भएका लगानीकर्तालाई निरुत्साहित गर्ने काम गर्दै छ ।धितोपत्र बोर्डका निवर्तमान र विवादित भइ बर्खास्तीमा परेका अध्यक्षले दश कित्ता आवेदन दिन पाउने र न्युनतम दश कित्ता सवैले पाउन सक्ने गरि बाँडफाँड हुने व्यवस्था परिवर्तन गर्न जोड गरेका थिए ,तर नियम परिवर्तन गर्न नपाउदै उनी बर्खास्थिमा परे । यस्तै धनीहरुको संस्था भनि चिनिएको नेपाल उद्योग बाणिज्य सँघका पुँजिपतिका लागि पनि दश कित्ता नीति टाउको दुखाइ बनेको छ । उनीहरुले पनि यो व्यवस्था हटाउन जति सक्दो प्रयास गरि रहेका छन । बोर्डले साना तथा मझौला कम्पनीका नाममा ल्याउन लागेको नियम तीनै उद्योगि धनाढ्यको माग सम्बोधन गर्दै जाने र अन्त्यमा दश कित्ता निति हटाउने योजना बद्ध प्रयास हो । यसमा लगानीकर्ता सचेत बन्नु पर्ने देखिन्छ ।हरेक क्षेत्रमा सर्वसाधारण जनतालाई मार पर्ने खालका गतिविधि भइरहेको छ।देशबाट युवा पलायन हुनुकाे मुख्य कारण पनि देशमा काम गरेर खाने सहज वातावरण नहुनु हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *