नेपाली रियालिटी साे डलरकाे अगाडि रुपैयाँ फिक्का।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस -9 करण राई द भ्वाइस अफ नेपालको चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।           सबै जसाे रियालिटी साे हरु व्यवसायीक हिसाबले गरिने हुँदा सबैभन्दा उत्कृष्ट प्रतिभाहरुले साे जित्न सक्दैनन् ।गएकाे सिजन किरण गजमेरले जितेका थिए भने यसपटक करण राईले जिते भाेट किन्न पैसाको खाेलाे बगाउनु पर्ने रियालिटी साे हरुमा अमेरिकामा बस्नेहरुले जित्नु स्वभाविक नै मान्नु पर्छ किनकि नेपाली रुपैया भन्दा अमेरिकी डलर 132 गुणा ठुलाे छ।तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ साे कसले जित्छ भनेर।जे भए पनि यसपालीका सबै प्रतिभाहरु गायिकीमा बराबर नै देखिन्थे।त्यसाे त विजेताहरु पनि विजय भए पछि खासै सांगीतिक क्षेत्रमा छाउन सकेका छैनन् ।बरु छिट्टै बाहिरिने कन्टेस्टेन्टहरु धेरै अगाडि बढेकाे देखिन्छ ।करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।             जसाेतसाे रियालिटी साे हरु चले पनि विनरले समयमा पाउनु पर्ने पुरस्कार नपाएको भनेर धेरै पटक गुनासो सुनिने गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *