काठमाडौं बैशाख 2-हिजाेबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएको थियो ।
फिल्मले हिजाे शुक्रबार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा कारोबार गरिरहेको छ । फिल्मलाई देशैभरका मल्टिप्लेक्सले उच्च शोज उपलब्ध गराएका छन् । फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरिरहेको छ । जसकाकारण, फिल्मको व्यापार पहिलो दिनमै डेढ करोडको हारहारीमा हुने देखिएको छ ।
उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङको लगानीमा तयार भएको यो फिल्ममा दयाहाङ राई,मिरुना मगर, विजय बराल लगायतका कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेकाे छ।’जारी’ फिल्मलाई प्रिमियरमा पनि उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । फिल्म हेर्न पुगेका कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत, ऋचा शर्मा, बेनिशा हमाल, वर्षा सिवाकोटी, अरुण क्षेत्री, अन्जना बराइली लगायतले यसको खुलेरै प्रशंसा गरे । लामो समयपछि एउटा उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै उनीहरुले प्रशंसा गरेका थिए ।
नायक दयाहाङ राइले आज काठमाडौंको बीग मुभिजमा दर्शकहरुसँग बसेर जन्मदिनको केक काटेका छन् । दयाले दर्शकसँग भेटघाट गर्दै जन्मदिनको केक काटे र फिल्मको प्रतिक्रिया पनि लिएका छन् ।
‘जारी’को बम्पर ओपनिङसँगै यो बर्ष नेपाली फिल्मका लागि गज्जबको सुरुवात भएको छ । यो बर्ष प्रतिक्षित थुप्रै नेपाली फिल्महरु रिलिजका लागि तयार भइरहेकाले पनि नेपाली फिल्मका लागि वि.सं 2080 सुखद हुने देखिएको
नेपाली चलचित्र ‘जारी’ सँगै दयाहाङ कै ‘बिहेपास’ र सुरक्षा पन्त अभिनित ‘बुलाकी’ सँगै रिलिज भएका छन।’बिहेपास’ ले पनि राम्रो प्रतिक्रिया पाएकाे छ। ‘बुलाकी’ ले पनि राम्रो चलचित्रको प्रतिक्रिया पाए पनि दयाहाङकाे स्टारडम दयाहाङ र कै 2/2 ओटा फिल्म काे चेपुवामा परेकाे छ। दयाहाङकाे बर्ष भरिमा रिलिज भएका सबै चलचित्रले बकस अफिसमा धुम नै मच्चाएको थियाे।कबड्डी 4 ले नेपाली चलचित्र इतिहासमा धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड नै कायम गरेकाे थियाे।