नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, २१ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

[ad_1]

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुुले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८ दशमलब ६७ प्रतिशत संक्रमित छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ललितपुरमा सेप्टेम्बरको १९ दिनमा ३ हजार २ सय २० मा संक्रमण पुष्टि भएको छ । संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगुका बिरामी छन् । उपत्यकासहित मकवानपुर, दाङ, रूपन्देही, चितवन, गुल्मी, दार्चुला र काभ्रेलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित छन् । नेपालमा दुई तीन वर्षमा डेंगुको प्रकोप देखिने गरेकामा पछिल्लो पटक सन् २०१९ मा सबैभन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो ।

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *