देशभर निर्वाचनको राैनक,केही स्थान बाहेक सबैतिर शान्तिपूर्ण मतदान जारी।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
  • काठमाडौं -निर्वाचन २०७९ मा धेरै भन्दा धेरै स्थानमा शान्तपुर्ण मतदान भईरहेका छन।एक दुई ठाउँमा झडप विस्पाेट,शंकास्पद
    वस्तुका कारण राेकिएका मतदान केन्द्रमा पनि मतदान शुरु
    भएका छन।

निर्वाचन तस्बिर
प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएसँगै मतादाताहरू मतदान गर्न उत्साहित देखिएका छन् । निर्वाचन आयोगका अनुसार ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशैभरी गरेर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ ।
मतदान स्थलकाे तस्बिर

जनताले पाँच वर्षपछि पाएको माैका प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् ।संविधानसभा मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि को यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदै छन् । मतदाताहरुकाे आशा वा असन्तुष्टि कसरी जाहेर गर्छन् भन्ने विषयले आगामी दिनको राजनीतिमा ठुलाे महत्त्व राख्ने छ ।

निर्वाचन हुने सिट र दल संख्या
प्रतिनिधिसभा सिट संख्या – 275
प्रत्यक्ष -165
समानुपातिक -110
प्रदेशसभा सिट संख्या-550
प्रत्यक्ष-330
समानुपातिक -220
प्रतिनिधिसभा दल संख्या-61
समानुपातिक दल-2199

मतदाताकाे कुरा गर्नु पर्दा प्रवासमा हुने नेपालीहरु भने अझै
पनि मतदान गर्नबाट बन्चित रहेका छन।याे कुरा बेला बेलामा
उठे पनि सरकारकाे तर्फबाठ ठाेस काम हुन भने सकेकाे छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *