01-06-2024 Kathmandu आजको खेलकाे बिशेष नजर प्रतियोगिताको रेकर्ड 14-पटक विजेता रियल म्याड्ररिड को फाइनल सामना बुन्देसलिगा जायन्ट ब्रुसिया डर्टमन्ड सँग हुँदैछ । यस सिजन बुन्डेसलिगामा पाँचौं स्थानमा रहेको जर्मन डर्टमन्ड भन्दा याे सिजन ला लिगा उपाधी उचालेकाे रियल भारी पर्ने अड्कल काटिएको छ। तर पनि याे प्रतियोगिताको फाइनलमा पुग्ने टिम कमजाेर नभएकोले याे टिमले जित्छ भनेर ठाेकुवा गर्न भने अवस्य कठिन रहेको छ। 4 पटक याे उपाधि जिति सकेका सबैभन्दा सफल रियल प्रशिक्षक कार्लाे एन्सेलाेटी भन्छन "च्याम्पियन्स लिगको फाइनल सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा खतरनाक खेल हो,"।केही पनि ग्यारेन्टी छैन।राम्रो त खेल्नु पर्छ नै "तपाईं अलि भाग्यमानी पनि हुनुपर्छ। डर्टमन्ड जसले घरेलु रूपमा संघर्ष गरेको छ तर युरोपमा उत्कृष्ट प्रदर्शन गरेको छ, टूर्नामेंटको पछिल्ला चरणहरूमा स्पेनिस च्याम्पियनहरूको लागि खतरनाक नतिजा निकाल्दै आएको छ।त्यसाे त उसले 10 बर्ष अगाडि ,रियललाई पनि 4-1 गाेल ले हराएको थियाे। रियलले अन्तिम आठमा म्यानचेस्टर सिटीलाई पेनाल्टीमा हराएको थियो भने सेमिफाइनलको दोस्रो लेगमा दुई ढिलो गोल गर्दै बायर्न म्युनिखलाई पराजित गरेको थियो। यसैबीच, डर्टमन्ड मिडफिल्डर जुलियन ब्रान्ड रियल विरुद्ध उनको पक्षको सामना गर्ने कार्यको आकारको बारेमा कुनै भ्रममा छैनन्। "उनीहरू परम प्रतिद्वन्द्वी हुन्, च्याम्पियन्स लिगमा उनीहरूको सफलता र इतिहासको साथमा ठूलो केही छैन," ब्रान्डले भने।हामी पूरा विस्वासकाे साथ खेल्ने छाै उनले भने।