काठमाडौं पुस 20-नेपाली काँग्रेसकाे भातृ संगठन नेविसंघले राहदानी वितरण अवरुद्ध भएकोमा आफ्नो ध्यान आकर्षण भएको भन्दै कडा विज्ञप्ति जारी गरेकाे छ।सेवाग्राही विहान 3/4 बजे देखि लाइनमा बस्नु पर्ने बाध्यता याे भन्दा पहिलाको काँग्रेस सरकारमा पनि थियाे,तर त्याे समयमा नेविसंघ आँखा चिम्लेर बसेकाे थियाे।तर निर्वाचन पछि सरकार फेरिना साथ नेविसंघकाे आँखामा याे समस्या देखिनुमा राजनीतिक स्टन्ट मात्रै हाे भनेर ठाेकुवा गर्न सकिन्छ किनकि याे समस्याकाे बारेमा आफू सरकारमा हुँदा आँखा चिम्लेर बस्नु र अर्को सरकार आउनु बित्तिकै समस्या देख्नुमा आफू पनि नगर्ने र केही गर्न खाेज्नेकाे पनि बिराेध गरेकाे प्रष्ट देखिन्छ ।नेविसंघको विज्ञप्तिलाई हेर्ने हाे भने राहदानी वितरण सिस्टम अवरुद्ध हुनुमा गृहमन्त्री रवि लामिछाने पूरा जिम्मेवार रहेकाे जनाएको छ। रवि लामिछानेले गृहमन्त्रीकाे जिम्मेवारी सम्हाल्नु बित्तिकै राहदानी विभाग पुगेेर राहदानी वितरण सजिलाे छिटाेछरिताे कसरी गर्न सकिन्छ गर्नु भनेर निर्देशन दिएका थिए ।सर्वसाधारण सेवाग्राहीले धेरै दुख पाएकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न भनि सम्बन्धित सबै पक्षको बैठक बाेलाएका थिए ।यसलाई नै निहुँ बनाएर गृहमन्त्री दाेषी रहेकाे नेविसंघले जनाएको छ।सरकारी कर्मचारी ढिलासुस्ती हुन्छन नै भित्र भित्रै सेटिङ मिलाएर जसले पैसा अगाडि दिन्छ उसैको काम गर्ने गरेकाे सबैलाई थाहा भएको कुरा हाे।सर्वसाधारणले दुख पाउनुमा सरकारी कर्मचारी पनि उत्तिकै जिम्मेवार रहेका छन।तर यस्तो विकृति नेविसंघले कहिल्यै देखेन।केही गर्न सक्ने लामिछानेलाई साथ समर्थन गर्नुकाे सट्टा झन गृहमन्त्रीको निति बिनाको ठाडाे निर्देशनले गर्दा राहदानी वितरण अवरुद्ध भएको हाे ,विज्ञप्तिमा भनिएको छ।बुधबार नेविसंघको अध्यक्ष दुजान शेर्पाले विज्ञप्ति जारी गर्दै संचारमाध्यम र बुद्धिजीवी बर्ग बाट नै शंकास्पद ढंगले राहदानी वितरण सिस्टम अवरुद्ध भएको र यसकाे जिम्मेवार गृह मन्त्रालय र सरकार भएको भनेर उल्लेख गरेकाे छ।राहदानी जस्तो महत्त्वपूर्ण कागजात वितरण गर्ने गंभिर विषयमा सरकार र विभागिय कर्मचारीहरुकाे असझदारीले आम नागरिकले भाेग्नु परेकाे समस्या प्रति आफ्नो संगठन चिन्तित भएको अध्यक्ष शेर्पाको भनाइ रहेकाे छ।नेविसंघको पूरा विज्ञप्तिकाे पुर्णपाठ यस्तो रहेकाे छ।