गाउँ गाउँमा नयाँ सामन्त काे उदय,एकछाक भाेकाे बस तर माइक्राेफाइनान्स र सहकारी जस्तो संस्थाबाट ऋण कहिल्यै नलिउ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं असार 29 बिहिवार –

गाउँघरमा खासै कमाइकाे माध्यम नभए पनि घरघरमा वैदेशिक राेजगारीमा गएका युवाले कमाएर पठाएको पैसा
ले गर्दा आर्थिक चहलपहल वा भनाैं घरायसी गर्जाे टरेकाे छ।
गाउँ गाउँमा खासै व्यापार व्यवसाय नफस्टाए पनि लघुवित्त र सहकारी भने खुबै फस्टाएको छ।प्रत्येक घरमा वैदेशिक राेजगार मा गएका कमाउने युवा छन र तिनै युवाले पठाएको पैसा कब्जा गर्न यस्ता वित्तीय संस्थाहरु खुलेका छन।नत्र व्यापार व्यवसाय नहुने क्षेत्रमा किन यस्ता संस्थाहरु माैलाएका छन?यी संस्थाहरुले गर्दा कति मान्छेको जीवनस्तर माथि उठ्याे?वा कतिलाई उठिवास बनायाे? यस्ता संस्थाहरु हामीलाई चाहिन्छ कि चाहिदै बिचार गर्नु पर्ने अवस्था छ।

सहकारीको खास अर्थ के?

ठ्याक्कै भन्नू पर्दा संस्था भित्र रहेका सदस्यहरु बीच सहकार्य गर्ने भन्ने अर्थ हुन्छ।संस्था भन्दा बाहिरकाे व्यक्ति सँग कुनै काराेबार गर्न पाइन्न।तर यी संस्थाहरु आफुले चिनेकाे जानेकाे संस्थामा आफ्नो पहुँचकाे भरमा अन्य टाढाको व्यक्ति सँग पनि काराेबार गरेकाे पाईन्छ।साधारण बचत गर्नेहरुकाे पैसा पहुँचकाे भरमा लगानी गर्दा कयौं लगानी उठ्न नसकेर संस्था नै टाट परेका कयौं उदाहरण छन।भने सहरी क्षेत्रमा धेरै संचालक नै भागेर बचत कर्ता विचल्ली पारेका छन।कतिपय ठाउँमा माथिल्लो तहकाे संचालक सेयर सदस्यहरुले विना ब्याजी अरुले बचत गरेकाे पैसा आफ्नो काममा लगाएकाे पाईएकाे छ।यी संस्थाहरुलाई सरकारले नै कानुनी रुपमा सर्वसाधारण जनता ठगेर खाउ भनेर खुल्ला छाेडेकाे जस्तो लाग्छ। नियम कानुन भित्र रहेर काम गरेकाे छ छैन कसरी काम गरेकाे छ भनेर नियमन गरेकाे पाइएको छैन।सहकारीले अहिले गर्ने काम भनेकाे सेयर सदस्यहरु बीचमा आपसी सहकार्य गर्ने भन्दा पनि कमाउ धन्दा गरिरहेका छन।उनिहरु एकदिन ढिलाे भयाे भने हर्जना तिराउने ,ब्याजलाई पनि साँवामा जाेडेर फेरि ब्याज लिने गरेर गरीब नेपाली जनता झन गरीब बनाउने काम गरेका छन।कतिपय ठाउँमा गाउँले सबै गाउँ नै छाेडेर भाग्नु पर्ने बनाएका छन।याे एक खालकाे नयाँ सामन्त साेसककाे उदय भएको छ।यी संस्थाहरुलाई छिटोभन्दा छिटो बन्द नगरे पछिकाे समय झनै बिकराल हुने देखिन्छ ।अब यी संस्थाहरु मा न त बचत गर न त कर्जा लिउ ।बचत गर 5/6 % दिन्छ खुबै ठुलाे कमाएर दिए जस्तो गर्छ।ऋण लिए 16/18% ठाेक्छ अलिकति ढिला वा भनेको बेलामा भएन भने शत्रुले नगर्ने व्यवहार गर्छ।बरु एकछाक भाेकाे बस तर याे सहकारी र माइक्राे फाइनान्स बाट चारकाेस टाढा बस्दा हुन्छ।हाे व्यापार व्यवसाय गरेकाे छ ,पैसा लगाए रिटर्न 100% छ भने छाेटाे समयकाे लागि सापटी ठानेर लिन सकिन्छ तर ऋण नै भनेर चाहिँ कदापि यस्ता संस्थाबाट पैसा नलिनु नै उत्तम हुन्छ।

माइक्रो फाइनान्स भनेको के हाे?

यसकाे सटिक व्याख्या भनेकाे वित्तीय संस्थाहरुले गर्ने कामकाे सानाे रुप हाे।नयाँ खासै केही हाेइन।गरीबी निवारण काे लागि अचुक अस्त्र भनिए पनि लघु उद्यम सँग जाेड्न नसक्दा धेरै जसाे लघुवित्तहरुले साेझा साझा गरीबलाई मानसिक तनाव दिने जनताको भएको झिटी झाम्टाे पनि उठाउने गरेर बदनाम छन।भनाै नयाँ साेसककाे जन्म भएको छ। अहिले गाउँ गाउँमा फैलिएर नेपाली गरीब जनताकाे जीवनस्तर उठाउने भन्दा पनि उठिबास पार्ने काम गरेकाे छ।अहिले सहकारीको नाममा जे भएको छ ठ्याक्कै त्यहि काम यसले गरेकाे छ।यसलाई पनि सरकारले सर्वसाधारण जनता ठगेर खा भनेर कानुनी रुपमा छाेडेकाे जस्तै छ।कानुनले नै खुल्लम खुल्ला ठगेर खान दिए पछि कस्काे के लाग्छ?नेपाल जस्तो साधारण जनताले न्याय नपाउने देशमा।गरीब जनतामा आर्थिक पहुँच पुगेन भनेर पठाएको यस्ता संस्थाहरु ब्याजकाे स्याज गर्दै विभिन्न वहानामा सर्वसाधारण जनताबाट पैसा असुल्दै छन।

सहकारी जस्तै याे माइक्रो फाइनान्स बाट पनि टाढा बस्नु राम्रो हुन्छ।नत्र यिनको जालमा पर्याे भने कुकुरले नपाउने दुख पाईन्छ ।
नयाँ सामन्त साेसककाे रुपमा फैलिएको यस्ता संस्थाहरु गाउँ गाउँमा बन्द गर्न  जरुरी छ।या त हामीले काराेबार नगरे स्वत आफै बन्द हुनेछ।बरु एकदिन आधा पेट भाेकाे बस साह्रै जरुरी भए कसै सँग सापटी गरेर काम चलाउ तर यस्तो संस्थामा काराेबार नगर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *