क्रिस्टियानाे राेनाल्डाेले खुलाए युनाइटेड सँग काे अन्तिम समयकाे अवस्था ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
काठमाडौं चैत 9- क्रिस्टियानाे राेनाल्डाेले मेनचेस्टर युनाइटेडमा उनकाे समयकाे अन्त्य उनकाे करिअरकाे सबैभन्दा कठिन अवस्था  रहेकाे बताएका छन। उनले युनाइटेडमा हुँदा अन्तिम सिजन 10 खेल मात्रै खेल्न पाएका थिए जसमा 4 खेलमा सुरुवाती गरेका थिए ।युनाइटेड प्रशिक्षक टेनहाङ सँग तिताे सम्बन्ध रहेकाे  राेनाल्डाे धेरै समय खेल खेल्न पाएका थिएनन् ,पाएकाे माैका पनि सदुपयोग गर्न सकेनन् ।  युनाईटेड बाट बाहिर निस्के पछि राेनाल्डाे साउदी क्लव अल नासर सँग आवद्ध भएका थिए ।उनले 8 खेल खेल्दै 9 गाेल गरेका छन त्यसमा 1 ह्याट्रिक र 1 मा सुपर ह्याट्रिक गरेका थिए ।उच्च लयमा रहेका राेनाल्डाेले 38 बर्ष पुगे पनि राष्ट्रिय टिममा आफ्नो स्थान बनाएका छन।पाेर्चुगलका कप्तान समेत रहेका राेनाल्डाे नयाँ प्रशिक्षक राेवेर्टाे मार्टिनेजकाे काे नजरमा प्रमुख खेलाडीको भुमिका निभाउने सक्नेमा कुनै शंका नरहेकाे आफू पुर्ण विश्वस्त रहेकाे मार्टिनेजले बताएका छन।
राेनाल्डाेले भनेका छन।कहिलेकाहीँ तपाई केही कुरा थाहा पाउनकाे लागि केही चिजहरुबाट गुजर्नु पर्छ अप्ठ्यारो पर्दा    तिम्रो साथ काे छ । मलाई याे भन्न कुनै समस्या छैन कि   मेराे समय युनाइटेड मा अन्तिम समय खराब रह्याे तर पनि याे पछुतो गर्ने समय हाेईन। जीवन त चलिरहन्छ,मैले राम्रो गरे या गरिन  याे मेराे विकासकाे हिस्सा थियाे ।जब हामी पहाडकाे उचाइमा हुन्छौं तब हामीलाई तल के भइरहेको छ थाहा हुँदैन ।अब म धेरै हिसाबले तयार छु किनकि  याे कुरा  सिक्न धेरै महत्त्वपूर्ण थियाे। किनकि म यस्तो अवस्थाबाट कहिले पनि गुजरेकाे थिएन।अब म राम्रो मान्छे हुँ।
अब राेनाल्डाेले युराे 2024 क्वालिफाईङ म्याचमा पाेर्चुगालकाे तर्फबाट लिकटेस्टेन र लक्जम्बर्ग सँग साथ टिमकाे कप्तानी सम्हाल्ने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *