क्रिस्टियानाे राेनाल्डाे भन्छन यदि यस्तो भयाे भने फुटबलबाट 100% सन्यास लिन्छु।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं १९ मंसिर-पाेर्चुगिज कप्तान क्रिस्टियानाे राेनाल्डाेले चर्चित टेलिभिजन साे मा आफुले 100% सन्यास लिने भनेर दाबी गरेका हुन।उनले भने याे संभव छैन तर हुन्छ भने म सन्यास लिन्छु त्याे पनि 100% भनेका छन।मेन्चेस्टर युनाइटेड सँग बिग्रिदाे परिस्थितिका बारेमा एक अन्तर्वार्तामा उनले याे कुरा बताएका थिए ।जब उनकाे अन्तर्वार्ता आयाे  फुटबल जगतमा भुईचालाे नै आएको थियाे किनकि कुनैपनि खेलाडीले आफु आवद्ध क्लव र प्रशिक्षकलाई त्यसरी भन्ने साहस गरेकाे पाईदैन,उनले क्लवमा सर एलेक्स फर्गुसनले क्लव छाेडे पछि कुनै पनि सुविधामा विकास नगरेकाे पहिला जस्तो थियाे अहिले पनि त्यस्तै भएको जिम ,ट्रेनिङ मा कुनै पनि नयाँ टेक्नोलोजी प्रयाेग नभएको क्लवकाे मालिकले आफ्नो फाइदा मात्रै देखेकाे जस्ता आराप लगाएका थिए ।प्रशिक्षक टेन हाङले आफुलाई सम्मान नगरेकाे र आफुलाई सम्मान नगर्ने व्यक्तिलाई आफुले पनि सम्मान नगर्ने बताएका थिए ।क्लव भित्र 2/3 जनाले आफुलाई क्लवमा धाेका गरेकाे आफुलाई क्लवमा नहाेस भनेर अघिल्लो बर्ष देखि उनिहरुले काेसिस गरेकाे लगायतका कुरा बताएका थिए ।उनी अहिले युनाइटेड बाट अलग भईसकेका छन र वर्ल्डकप पछि नयाँ गन्तव्यकाे खाेजीमा छन।यदाकदा क्लवहरुले प्रस्ताव राखेकाे समाचारहरु पनि आएका छन तर आधिकारिक पुष्टि भने भएको छैन।यही अन्तर्वार्तामा उनै चर्तित कार्यक्रम प्रस्ताेता पियर्स माेर्गनले ठट्यौली पारामा हाईपाेथेटिकल प्रश्न गरेका थिए ,प्रश्न थियोे यदि अर्जेन्टिना र पाेर्चुगल फाइनलमा पुग्याे तिमीले 2 गाेल गर्याै मेस्सीले 2 गाेेल गरे खेलकाे ईन्जुरी टाईम 94 मिनेटमा तिमीले गाेल गरेर वर्ल्डकप जित्याै भने के गर्छाै भनेर हाँस्दै साेधेका थिए ,जवाफमा राेनाल्डाेले याे त हुन नसक्ला म गाेल कसले गर्याे भन्दा पनि पाेर्चुगलले वर्ल्डकप जितेकाे हेर्न चाहन्छु त्याे जितमा चाहे गाेल गाेल किपरले नै गरेकाे किन नहाेस,तर यस्तो  भयाे भने टु गुड धेरै राम्रो एकदमै राम्रो।माेर्गनले के यस्तो भयाे भने तिमी फुटबलबाट रिटायर्ड हुन्छौ ,फेरि राेनाल्डाे भन्छन 100% रिटायर्ड हुन्छु।म माथि कुनै शंका छैन भन्दै हाँसेका थिए।अर्जेन्टिना र पाेर्चुगल दुवैले आफ्नो बाँकी खेल जित्छन भने उनिहरुकाे भेट फाइनलमा हुनेछ।                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *