काठमाडौं चैत 4- पाेर्चुगलका राष्ट्रिय फुटबल टिमकाे स्पेनिस प्रशिक्षक राेवर्टाे मार्टिनेजले 38 बर्षिया क्रिष्टियानाे राेनाल्डाेलाई समेटेर 2024 मा हुने युराे कप छनाैट खेल्ने टाेली घाेषणा गरेका छन। क्रिष्टियानाे राेनाल्डाेलाई कतार विश्वकपमा पूरा समय खेल्न नदिएर आलाेचित बनेका पाेर्चुगल राष्ट्रिय टिमकाे मुख्य प्रशिक्षक फर्नान्डाे सान्टाेस कतार विश्वकपमा माेराेक्काे सँग 1-0 ले हारे पछि बर्खास्त भएका थिए । त्यसकाे एक महिना पछि पाेर्चुगलले मार्टिनेज नियुक्ति भएका थिए ।उनकाे पहिलाे खेल नै आधिकारिक खेलबाट हुने भएको छ।त्यसाे त पाेर्चुगल फुटबल शक्ति राष्ट्र भएकोले उनलाई खासै अप्ठ्यारो नपर्ने देखिन्छ ।मार्टिनेज पनि वेल्जियमकाे प्रशिक्षक थिए , कतार विश्वकपमा वेल्जियम समूह चरण बाटै बाहिरिए पछि मार्टिनेज पनि बर्खास्तीमा परेर खाली रहेका थिए ।
पत्रकार सम्मेलनमा मार्टिनेजले 38 बर्षिय राेनाल्डाे आफ्नो याेजनाकाे एक प्रमुख हिस्सा रहेकाे बताएका छन।उनले राेनाल्डाेकाे प्रतिबद्धताबाट आफू धेरै खुशी भएको पनि बताएका छन। पाेर्चुगलकाे आगामी दुवै खेल युराेकप 2024 छनाैटकाे लागि हुनेछ ।पहिलो खेल लेइच्टेन्सटेेन्ट सँग मार्च 23 मा हाेम ग्राउन्डमा हुनेछ र दाेस्राे खेल मार्च 26 मा लक्जम्वर्ग सँग अवे ग्राउन्डमा हुनेछ।पाेर्चुगल सँगै समहु जे मा वाेस्निया एन्ड हर्जगाेभिना,स्लाेभाकिया र आइसल्यान्ड रहेका छन।
पाेर्चुगलका लागि नियमित कप्तान राेनाल्डाेले सम्हाल्ने छन,उनी सँगै भेट्रान डिफेन्डर पेपे पनि टाेलीमा परेका छन।अन्य सदस्यहरुमा डियगाे काेस्टा,रुई प्याट्रिसियाे,डियगाे डलाेट,जाओ कान्सिलाे,रुविन डियाज,नुनाे मेन्डेज,राफाइल गुइराे,रुबेन नेभेस,बर्नार्डाे सिल्भा,ब्रुनाे फर्नान्डेज,जाओ मारियाे,भिटिन्हा,डियगाे जाेटा,गाेनकालाे रामाेस,जाओ फेलिक्स र राफाइल लियाे परेका छन।अन्य केही चर्चित अनुहारहरु यसपटक टाेलीमा परेका छैनन्।
𝗧𝗵𝗲 𝗖𝗛𝗢𝗦𝗘𝗡 𝗢𝗡𝗘𝗦. ⚡🇵🇹 Senhoras e senhores, estes são os eleitos de Roberto Martínez para os próximos jogos 👊 #VesteABandeira pic.twitter.com/gS1r0cuhYH
— Portugal (@selecaoportugal) March 17, 2023