काठमाडौं चैत 16-म्याग्दी सदरमुकाम नजिकै रहेकाे मंगलाघाट का 59 बर्षीय चन्द्र बहादुर कार्कीले कृषि कर्म गरेर आफुलाई सफल बनाउनु भएको छ।देशमा केही गर्ने बाताबरण छैन भनेर बिदेश जाने ,यतै बरालिने युवाहरुकाे लागि सहि तरिकाले परिश्रम गर्याे भने सफल भईन्छ भन्ने उदाहरणीय बन्नु भएको छ।
अहिले उनी सँग चारतले पक्की घर ,27 राेपनी बढी खेतबारी,माछा पालन ,बाख्रा पालन ,तरकारी खेती रहेकाे छ।उनले देशमै बसेर पनि मनग्गे आम्दानी गरिरहेका छन।
उनले जागिर पनि खान्न बिदश पनि जान्न भनेर विक्रम 2034 साल तिर रु 1 हजारमा कृषि काम सुरु गरेका थिए ।अहिले उनी सँग 3 कराेड बढी सम्पत्ति जाेडिसकेका छन।उनी सँगैैका साथीहरू ठुला ठुला पाेस्टमा सरकारी जागिरे भए पनि उनकाे प्रगति देखेर छक्क पर्ने गरेका छन।
अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनी अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् । कार्कीले 18 रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनी जिल्लामा मिश्रित खेती प्रणाली गर्ने पहिलो किसान हुन् ।
कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन् ।
कार्कीले सानै उमेरदेखि तरकारी खेती सुरु गरेका हुन। कार्की भन्छन्, त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । रू एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रू 12 लाखभन्दा बढी कमाइ हुने गरेको छ ।
तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ, उनी भन्छन्, “माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।”
माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपुर्याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ ।
खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीय स्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय बताउँछन् । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उनको घरसम्म पुग्ने गरेका छन् ।स्राेत आर्थिक न्युज