काठमाडौँ चैत्र 4 -मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाउँदा जितु न कार्यक्रम रह्यो न छक्कापन्जामा स्थानेपालसँगन।
उनले दीपाको ठाउँमा करिष्मा मानन्धरलाई राखेर सिजन टु चलाए। कार्यक्रम जम्दाजम्दै कलाकारले छाडे। शो बन्द भो।
नेपाल टेलिभिजन विशाल भण्डारीले कब्जा हाने। दीपाश्रीलाई अध्यक्षमा फर्काएर कार्यक्रम चलाइरहेका छन्। बल्ल-बल्ल जितु मुन्द्रेको कमेडी क्लब लिएर आए कान्तिपुर च्यानलमा।
तेस्रो सिजनमा अध्यक्ष तेस्रो पटक बदल्दै प्रियङ्का कार्कीलाई बनाए। दुखको साथी दमन रुपाखेतीलाई उपाध्यक्ष बनाएर प्रियङ्का नजिकै बसेर हाँस्ने अवसर दिए।उनले कार्कीलाई आसन गराए पछि कार्यक्रमकाे प्रस्तावना सुनाए याे कार्यक्रममा के गर्न पाइन्छ के गरिदैन भनेर भन्ने क्रममा अतिथलाई धर्मसंकटमा पार्दैनाै,कति जिल्ला कति वडा भनेर भन्न लगाउदैनाै भनेर हल्का रजतपट कार्यक्रमकाे चिप्लाउने अंकल भनेर चिनिनेे प्रकाश सुवेदीलाई पनि व्यंग्य गरेकाे देखिन्थ्याे।बिच बिचमा आगाे भन्दैनाै आगाे भने पानी हाल्नु पर्छ पानी हाले सबै स्टेज बिग्रिन्छ भनेर दिपाश्री निराैलालाई व्यंग्य गरेकाे देखिन्छ किनकि दिपाले चाेटिलाे पंच आउन बित्तिकै आगाे आगाे भनेर चिच्याउने गर्छिन। उनकाे प्रस्तुति समग्रमा राम्रो थियाे , कसैलाई भाइरल नबनाउने र भल्गर कमेडीलाई कार्यक्रममा खासै ठाउँ नरहेको पनि जानकारी दिएका थिए ।
बिहीबार कार्यक्रमको पहिलो एपिसोड प्रसारण भयो। पहिलो एपिसोडमा अतिथि बनेर आएका थिए अभिनेता प्रदीप खड्का। तर प्रहसनहरू त्यत्ति जमेन।
कार्यक्रमको अन्त्यतिर जितुले छक्कापन्जा ४ मा नलिएको बदला लिए दीपकराज गिरीसँग उनकै प्रहसन गराएर।
माग्ने र दीपक बनेका कलाकारमार्फत आफू छक्कापन्जा ४ मा नअटाउनुको कारण दीपालाई शोबाट हटाउनु हो भन्ने सार्वजनिक गराएझैँ देखिएको थियो।
छक्कापन्जा खेल्न दीपा विवाह नगरी बसेको, दीपकले अर्कालाई हिरो हुनै नदिएको लगायतका ब्यङग्यवाण मज्जाले हाने कार्यक्रममा।
जितु चैँ ‘लौ हेर’ भन्दै मज्जा लिइरहेका थिए। दमन र प्रियङ्का थपडी मारेर हाँसी रहेका थिए।
कमेडी जनरामा मुन्द्रेको आफ्नै छवि छ। तै पनि अहिले कमेडी कार्यक्रमबिच प्रतिस्पर्धा छ। अहिले चलेका कमेडी शोसँग मुन्द्रेको कमेडी क्लबलाई दाँज्ने हो भने निकै कमजोर देखिएको थियो। जितुको छवीले मात्र कमजोर कार्यक्रम धान्न गाह्राे हुने देखिएको छ।