काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा 28 हजार बढी मत ल्याएर शानदार बिजयी भएका छन।पार्टीमा धेरै याेगदान गरेका ठुला नेताहरूलाई टिकट नदिएकाे र आफ्नो आसेपासेलाई मात्रै टिकट दिएको भन्ने आराेप खेपिरहेका ओलीकाे वरिपरिका नेताहरू भने सबै जसाे पराजित भएका छन।ईश्वर पाेख्रेल,महेश बस्नेत ,राजन भट्टराई ,शेर बहादुर तामाङ ,पराजित भईसकेका छन।शंकर पाेख्रेलकाे पनि जित अनिश्चित छ उनी माओवादीका उम्मेदवार रेखा शर्मा भन्दा केही मतले पछाडि छन।लालबाबु पन्डित अनि ओलीको धेरै गुणगान गाउने काेमल वली र शान्ता चाैधरी पनि पराजितकाे बाटोमा छन।बिष्णु पाैडेल,गाेकुल बास्काेटा,सुर्य थापाले भने अग्रता लिएका छन।याेगेश भट्टराई र पृथ्वीसुब्बा गुरुङले भने जितेका छन।एमाले पार्टीले अहिलेसम्म प्रत्येक्षमा 15 सिट र प्रदेशसभामा 31 सिट जितेर दाेस्राे स्थानमा छ।समानुपातिकमा भने नम्बर 1 मा रहेकाे नेपाली काँग्रेस भन्दा पनि बढी मत ल्याएकाे छ।पार्टीको संगठनात्मक संरचना अन्य पार्टीको भन्दा बलियाे रहेकोले पार्टी टुटफुटबाट गुज्रे पनि राम्रो मत ल्याएकाे छ। पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली