दिपकराज गिरीलाई छक्कापन्जा 4 बाट सहकारीको संवाद हटाउनु पर्छ भन्ने सितेबा काे सहकारी नै कालाेसुचीमा।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं चैत 12-

चर्चित हाँस्यकलाकार मधुसुदन पाठक अर्थात (सीतेबा) को सहकारी समेत कालोसूचीमा परेको छ । केही हप्ताअघि मात्र चलचित्र छक्का पञ्जा 4 ले सहकारीको साख गिराउने संम्वाद प्रयोग गरेको भन्दै त्यसको विरोधमा उत्रिएका सितेबाको आफ्नै सहकारी कालोसूचीमा परेको हो ।

सीतेबा जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सचिव तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनीसंगै यस सहकारीका सञ्चालकमा बद्री प्रसाद हुमाँगाई, इन्दिरा अधिकारी, कुशल पाठक, निशा रिमाल कार्की, राज तुलाधर र सुशिल सिग्देल रहेका छन् ।

पाठकले काठमाडौंको भिमसेन गोलामा सीतेबा मार्ट पनि चलाउँदै आएका छन् । उनको सीतेबा ग्रुप अफ कम्पनीले फिटनेश, कृषि, रेष्टुरेन्ट, ट्राभल, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

त्यसैगरी, कालोसूचीमा परेको अर्को सहकारी हो, सुप्रिम सेभिङ एण्ड क्रेडिट को अपरेटिभ । जसका सञ्चालक देवेन्द्र बाबु राई, ओम प्रकाश गुरुङ र सागर केसी रहेका छन् । यो सहकारीका सञ्चालक राई ग्यालेक्सी फोरकेका मालिक समेत हुन् । यसरी सार्वजनिक जीवनमा रहेका व्यक्तिहरु पनि सहकारी कालोसूचीमा पर्ने क्रम बढेसँगै सञ्चालकका रुपमा समाचार बन्न थालेका छन् ।

देवेन्द्र राईको सुप्रिम र सीतेबाको जेष्ट सहकारीसँगै अन्य थप १४ सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको फागुन महिनाको 30 गतेदेखि चैत्र महिनाको 10 गतेसम्म 14 सहकारी संस्था कालोसूचीमा परेका हुन् ।

यसअघि गत फागुन महिनाको 29 गतेसम्म पनि 14 वटा सहकारी कालोसूचीमा परेका थिए । केन्द्रका अनुसार कालोसूची पर्ने सहकारीहरूमा एकता समूह बचत तथा ऋण सहकारी संस्था, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था, शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ रहेका छन् ।

त्यसैगरी केन्द्रले राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महिला चालक बचत तथा ऋण सहकारी संस्था, ओम मिथिला बचत तथा ऋण सहकारी, सिन्धु प्रगतिशिल कृषि सहकारी संस्था, जनसेवा बचत तथा ऋण सहकारी, जेष्ट सेभिङ एण्ड क्रेडिट को अपरेटिभ र सुप्रिम सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका सहकारीमा एकता समूह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा गिरिजादेवी कोइरिन, मोहन प्रसाद कुशवाहा, पन्नालाल महतो कोइरी, रामलाल महतो कोइरी र सुशिलादेवी रहेका छन् ।

त्यस्तै, उत्तम सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा दुर्गाराज न्यौपाने र लक्ष्मी श्रेष्ठ, तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकमा केदारनाथ शर्मा र मन्दिप खवास रहेका छन् ।

शिखरचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा गंगा महर्जन, जमुना महर्जन र सञ्जु श्रेष्ठ रहेका छन् भने पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकमा अर्जुन बास्ताकोटी, भुवन सापकोटा, धिरेन्द्र बराल, मंगल बहादुर तामाङ, पूरान रावल, पुष्पा बाबु पाण्डे, राज कुमार शाह र राकेश ज्याखो रहेका छन् ।

केन्द्रका अनुसार राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा चेत बहादुर गुरुङ, दिपक अर्याल, कुलबहादुर गोदार, लक्ष्मी कुमारी शर्मा, नारायण प्रसाद सुवेदी, राम बहादुर गुरुङ र सूर्य प्रसाद लामिछाने छन्  ।

गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमासन्देश राई सिर्जना कुँवर र युवराज बोहोरा रहेका छन् । सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा अनिल गोतामे, बिनोद पोखरेल र कमला श्रेष्ठ रहेका छन् ।

महिला चालक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अजयमान श्रेष्ठ, बिनोद विके, सपना बिके र सुरेश पन्थी रहेका छन् । ओम मिथिला बचत तथा ऋण सहकारीका सञ्चालकमा बसन्त कुमार मण्डल, गणेश राउत, कृष्ण देव यादव, मनोज कुमार मेथार, पुजेश यादव, रुवीदेवी सिंश र सुनिल कुमार झा रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै, सिन्धु प्रगतिशिल कृषि सहकारी संस्थाका सञ्चालकमा डिउ कुमारी शाक्य, गोरी माया श्रेष्ठ, लाल बहादुर तामाङ, नेत्र बहादुर भण्डारी, राज कुमरा भण्डारी र टेक कुमारी भण्डारी रहेका छन् ।

जनसेवा बचत ताथ ऋण सहकारीका सञ्चालकमा भोजराज सुस्लिङ, विष्णु बहादर सुनुवार, देवमाया तामाङ, डिल्ली बहादुर राणा, मिन बहादुर आले, मोतिलाल लामा, राजकुमार राणा, शंकर बहादुर सार्की र उर्मिला ग्यापक रहेका छन् ।  समाचार  क्रेडिट आर्थिक न्यु्ज।

Leave a Reply

Your email address will not be published. Required fields are marked *