काठमाडौं – हालसम्मको मतगणना परिणामलाई हेर्दा काठमाडौंका 10 वटा क्षेत्रमा 4 नेपाली काँग्रेस र 1 एमाले बिजयी भएका छन।अन्य पाँच सिटमा 4 राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने 1 मा नेपाली काँग्रेस अग्रता लिएकाे छ। काठमाडौंमा भिन्न भिन्न् दलबाट प्रतिस्पर्धा गरेका चर्चित अनुहारहरु पराजित भएका छन।क्षेत्र नम्बर 1 मा काँग्रेस पार्टीका प्रकाशमान सिंह सँग राप्रपाका रबिन्द्र मिस्र पराजित भएका छन।रबिन्द्र एक चर्चित व्यक्ति हुन स्मरण रहाेस यस अघि निर्वाचनमा पनि उनी प्रकाश सँगै हारेका थिए ।त्यस बेला उनी विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए ।क्षेत्र नम्बर 3,4,5 काँग्रेसले आफ्नो पाेल्टामा पारेकाे छ।क्षेत्र नम्बर 5 मा एमालेका ठुला र भावी अध्यक्ष काे संभावना भएका ईश्वर पाेख्रेल काँग्रेस का प्रदिप पाैडेल सँग पराजित भएका छन।क्षेत्र नम्बर 2,6,7,8 मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।क्षेत्र नम्बर 9 मा एमाले का कृष्ण गाेपाल श्रेष्ठ बिजयी भएका छन।क्षेत्र नम्बर 10 मा काँग्रेस का राजेन्द्र कुमार केसीले अग्रता लिएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिनेहरुमा 2 मा ताेसिमा कार्की 6 मा शिशिर खनाल 7 मा गणेश पराजुली र 8 नम्बर क्षेत्रमा बिराजभक्त श्रेष्ठ रहेका छन। क्षेत्र नम्बर 1 बाट चर्चित अनुहारहरु पुर्व प्रहरी रमेश खरेल र अधिवक्ता बालकृष्ण न्याैपाने रहेका छन।