काठमाडौं चैत 9-आईसीसी क्रिकेट वर्ल्ड रैंकिङमा नेपालले अहिलेसम्मकै उच्च स्थान हात पारेकाे छ।भारतमा हुने आईसीसी वर्ल्ड कपमा सहभागी हुन एक कदम टाढा रहेकाे नेपाल उच्च प्रदर्शन गर्दै विश्व क्रिकेट जगतकाे ध्यान तान्न सफल भएको छ।थाेरै स्राेतसाधन मात्रै भए पनि नेपाली खेलाडीहरुले उच्च मनाेवलका साथ खेल्नु नै अहिलेकाे सफलता हात परेको हाे।
आईसीसी वर्ल्ड रैंकिङमा अहिले नेपाल टि20 रैंकिङ मा 16ओैं स्थानमा छ भने वनडे रैंकिङमा 15ओैं स्थानमा रहेकाे छ।याे नेपालकाे क्रिकेट इतिहासकै उच्च स्थान हाे।वलिङ तर्फ स्टार खेलाडी सन्दिप लामिछाने वनडे रैंकिङमा 22ओैं स्थानमा रहेका छन।
अहिले नेपालको टिम जिम्वावेमा हुने आईसीसी वर्ल्ड कप क्वालीफाईङ खेलकाे लागि तयारी गरिरहेकाे छ।अन्य देशकाे प्लेअफ खेल खल्न बाँकी रहेकाे छ। खेल 26 मार्च देखि 5 अप्रिल सम्म चल्नेछ। प्लेअफ बाट टप 2 टिम क्वालिफाइङ खेल्न पाउनेछ।प्लेअफमा नामिविया हाेस्ट गर्नेछ ,युएसए,क्यानडा,युएई ,जर्सी र पिएनजी रहेका छन। 18 जुलाई देखि 9 जुन सम्म क्वालिफाईङकाे खेल हुनेछन् ।