अहिलेसम्म कुन दलले कति मत पाए?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -देशभरि बाट मतगणनाकाे नतिजा आउने  क्रम जारी छ।अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएकाे छ।  उसले अहिलेसम्म 904379 मत ल्याएको छ।पार्टी विभिन्न टुटफुटबाट गुज्रे पनि याे पार्टीले साेचे भन्दा धेरै मत पाएकाे छ।दाेस्राे स्थानमा नेपाली काँग्रेस रहेकाे छ,याे पार्टीले 869410 मत ल्याएकाे छ,याे पार्टीले साेचे भन्दा कम मत भन्न सकिन्छ ।तेस्रोमा रबी लामिछाने नेतृत्वको पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टीले 437758 मत ल्याएको छ,छाेटाे समयमा यति धेरै मत पाउनु याे पार्टीले साेचेकाे भन्दा निकै धेरै मत हाे।जनताले राजनीतिमा नयाँ विकल्प खाेजकाे प्रष्ट देख्न सकिन्छ ।राम्रो काम गर्ने हाे भने अर्को निर्वाचनमा याे पार्टी नम्बर 1 पार्टी बन्न सक्छ।चाैथाेमा नेकपा माओवादी केन्द्र रहेकाे छ।याे पार्टीले अहिले सम्म 405185 मत ल्याएकाे छ।याे पार्टीले साेचे भन्दा धेरै थाेरै मत हाे। यति थाेरै मत पाउनुमा पार्टी प्रति जनताकाे आशा नभएको देखिन्छ ।पाँचौ स्थानमा राजसंस्था चाहिने भनेर चिनिने पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले 236056 मत ल्याएकाे छ।छैटौं ,साताैं र आठौंमा क्रमशः जनता समाजवादी पार्टी 114493,जनमत पार्टी 68574 र नेकपा एकीकृत समाजवादीले 62886 मत ल्याएकाे छ।नेकपा एकीकृत समाजवादी  पार्टी एमालेबाट फुटेर बनेकाे पार्टी हाे याे पार्टीमा   ठुला ठुला परिचित अनुहारहरु छन तर पार्टीले साेचेकाे जस्तो मत भने पाएकाे छैन।कारण उहीँ हाे जनतामा याे पार्टी प्रति भराेसा नहुनु।जनतामा पुराना पार्टीहरु काम भन्दा पनि आफ्नो फाईदा काे लागि जे पनि गर्छन भन्ने छाप बसिसकेको छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *