अरुकाे भावना सँग खेलेर एड्भान्टेज लिने पल शाह,गाली गलाैज खाने समिक्षा अधिकारी ।नेपाली समाजको दुर्दशा ।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं बैशाख 3 आईतवार -कुरा साल बिते पनि भाेग्ने काे पीडा ताजा नै छ,किनकि हाम्रो समाज  यस्तो छ जाे सत्य छ उसैलाई खेद्ने र अगाडि पछाडि वा भएको खास कुरा के हाे नबुझी जता हावा बग्छ उतै दाैडने वा,कागले कान लग्याे भन्याे भने कान नछामि कागकाे पछि दगुर्ने हाम्रो समाज छ।

भर्खरै गायिका  समिक्षा अधिकारीले लामाे स्टाटस लेखेर आफ्नो दुखेसाे पाेखेकी छिन।त्यसाे त याे पंक्तिकारलाई उनी माथि धाेका भयाे ,अन्यायमा परिन भन्ने उतिबेला नै लागेकाे थियाे।उनले भनिकी छिन मेराे पनि भावना छ देख्ने र भाेग्ने धेरै फरक छ जसले भाेग्छ उसलाई थाहा हुन्छ।मेराे जीवन चलचित्रकाे कथा जस्तै भयाे पर्दामा देखिने र रियल जीवनमा  भाेगिने कुराकाे वास्तविकता जस्तै ।जता फर्के पनि अन्धकार काँडैकाँडा भन्दै मन छुने स्टाटस लेखेकी छिन।जे गर्दा पनि मै दाेषी भन्दै दुख पाेखेकी छिन।

उनले लेखेकाे स्टाटस यस्तो छ।

कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनी भावना छ तपाईको जस्तै ।मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो ।म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।

हुनत अहिले समिक्षालाई अन्यायमा पार्ने पल शाह पनि ठिक एक बर्ष जेल जीवन बिताएर अदालतबाट छुट पाएर जेलबाट निस्की सकेका छन। तर बिर्सनु नहुने कुरा यदि समिक्षाले पललाई छुट्न नसघाएकाे भए अहिले पनि पल शाह जेलमै हुने थिए ।खासकुरा के हाे? कहाँ गडबड भयाे त्यसको चिरफार गराैं।एक जना सफल माेडेल नायक अनि एकजना चलेकी गायिका भए पछि सँगै काम गर्ने बाताबरण बन्ने नै भयाे।काम गर्ने सिलसिलामा उनिहरु पनि नजिकिन्छन कुरा यहिबाट शुरु हुन्छ।त्यसबेला गायिका समिक्षा  नाबालिक थिईन पल भने 29 बर्ष पार गरिसकेका थिए ।त्यसै त केटाे मान्छे पापी छाेरी मान्छे लाेभी हुन्छ भन्छन।पल शाहले पनि समिक्षालाई युज एन्ड थ्राे गरेकाे देखिन्छ ।उनले विहे गर्छु भनेर शारीरिक सम्पर्क गरेर भेटघाट हुन फाेन उठाउन छाेडे पछि।   समिक्षाकाे पहलमा पल शाहले परिवार सँग बसेर बिहे गर्ने बाचा कबुल पनि गरेकाे भन्ने खबर बाहिरिएको थियाे।तर त्यस पछि पनि भेट हुन नमान्ने ,फाेन रिसिभ नगर्ने गरे पछि समिक्षा तनावमा आएर मुद्दा हालेकाे र पल शाहले पनि गल्ती स्वीकार गरेर प्रतिवाद नगरेकाे सबैलाई थाहा नै छ।  समिक्षा सानाे उमेरकी थिइन उनलाई के सहि के गलत वा उनले के गर्नु पर्छ भन्ने राम्रो ज्ञ्यान थिएन।  अन्य हिराेनी सेलिब्रेटीकाे जस्तो मन मिले लभ गर्ने छुट्ने ,लिभिङ टुगेदरमा बस्ने बानी थिएन। सबैको मन हुन्छ भावना हुन्छ उसलाई पनि दुख्छ किन गाली गर्नु ,नेपाली समाजले पनि बुझ्नु पर्याे समिक्षाकाे ठाउँमा आफ्नो छाेरी चेली राखेर हेराैं अनि अरुले मिसयुज गर्दा कति पीडा भयाे आफै महसुस गर्नु हुनेछ।  यस्तोमा अहिले आएर समिक्षा मात्रै दाेषी पल निर्दाेषी भन्नू न्याय संगत कुरा हाेईन।जे जस्तो भए पनि रात गयाे बात गयाे सबै कुरा भुलेर समिक्षा र पल दुवैले मुभ अन हुनु पर्छ।  हिन्दीमा एउटा उखान छ” सबसे बडा राेग क्या कहेगा लाेग”त्यसैले दुनियाँले के भन्छ भनेर चिन्ता गर्नु हुन्न याे सबैभन्दा ठुलाे राेग हाे ,आफू के गर्छु त्यसमा ध्यान दिनु पर्छ । उनिहरु नेपाली कला क्षेत्रकाे उम्दा कलाकार हुन सबैले गाली नगरी दुवै जनालाई माफ दिनु पर्छ।हामी सबैले उनिहरुलाई अगाडि बढ्न हाैसला दिनु पर्छ।गाली गर्नु हुन्न ,तिमी जे दिन्छौ त्यही पाउछाै ।के लिने के दिने तपाई कै हातमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *