अभागी जर्मनी, भाग्यमानी जापान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं – वर्ल्डकप 2022 समूह ई काे गए राति भएको खेलमा जापानले स्पेन माथि सनसनी जित निकालेकाे छ।जापानकाे खेल पाेजिसन जम्मा 17% थियाे भने खेलभरि मात्रै 228 बल टच गरेकाे थियाे।स्पेनले खेल पाेजिसन 83% अनि बल टच जापान भन्दा झन्डै चार गुणा 1058 पटक गरेकाे थियाे।यस्ताे अवस्थामा जापानले खेल जित्नु भनेको आश्चर्यजनक हाे।खेलकाे 11 मिनेटमा माेराेटाले गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए । जापानले खेलकाे 48 मिनेटमा डाेन र 51 मिनेटमा तानाकाले गाेल गरेका थिए ।स्पेनले खेल अवधि भर बल आफ्नो नियन्त्रणमा राखे पनि गाेल गर्न नसक्दा स्पेन   एसियाली मुलुक जाापान सँग पराजित भयाे।स्पेन हारे पनि उपविजेता हुँदै नकाउट चरणमा प्रवेश गरेकाे छ।जित सँगै जापान भने समूह विजेता बन्याे।यही समुहको अर्को खेलमा जर्मनीले काेस्टारिकालाई 4-2 गाेल अन्तरले हराएको र स्पेन सँगै समान 4 अंक भए  पनि गाेल अन्तरकाे आधारमा जर्मनी तेस्रो स्थानमा रहन पुग्याे र उ अर्को चरणमा पुग्न असफल भयाे।जापान हारेकाे वा बराबर भएको स्थितिमा पनि जर्मनी अर्काे चरणमा पुग्ने थियाे तर जर्मनीलाई भाग्यले साथ दिएन।जापनले भने खुद जर्मनीलाई 2-1 गाेलले र स्पेनलाई पनि समान  2-1 गाेलले नै हराएर सनसनी मच्चाएको छ।समूह चरणमा एकै पटक फुटबलको 2 शक्तिशाली राष्ट्रलाई हराउने जापान पहिलाे राष्ट्र बनेकाे छ।यसरी नै एसिया महादेशीय छनाैट खेल्ने अस्ट्रेलिया पनि समूह उपविजेता बन्दै नकाउट चरण पुगेकाे छ।एसियाली मुलुक दक्षिण काेरिया भने आज राति पाेर्चुगल सँग खेल्दै छ।याे समुहमा पाेर्चुगल नकाउट चरण पुगेकाे छ भने ,काेरिया सँगै घाना,उरुग्वे काे फैसला आजको खेलबाट हुनेछ।                      जितकाे खुशी मनाउँदै जापानी टिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *