काठमाडौं -देशभरिबाट मतगणना नतिजा आउने क्रम जारी रहेको छ।यतिबेला भने एमाले अध्यक्ष ओलीले भनेकाे कुरा भाईरल भएको छ,उनले एमालेबाट छुट्टिएर नेकपा एकीकृत पार्टी बनेकाे माधव नेपाल नेतृत्वको पार्टी राष्ट्रिय दल हुन नसक्ने ठाेकुवा गरेका थिए ।उनले रेकर्ड गरेर राख्नुहाेस रेकर्ड गरेकाे छ कि छैन भनेर अन्तर्वार्ता लिने चर्चित संचारकर्मी टीकाराम यात्रीलाई भनेका थिए ।त्यस्तै एक अर्को कार्यक्रममा माओवादीले प्रत्येक्ष तर्फ 7 सिट भन्दा धेरै नल्याउने पनि बताएका थिए ।उनले एमाले,काँग्रेस,माओवादी,राप्रपा,जसपा वाहेक अन्य पार्टी राष्ट्रिय पार्टी हुन नसक्ने बताएका थिए ।हालसम्मको मतगणनामा टुटफुटकाे बीचमा पनि एमालेले पहिलाे स्थान,काँग्रेस दाेस्राे स्थान,राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी केन्द्र चाैथाे,राप्रपा पाँचौ स्थानमा छन यी बाहेक अरुकाे मत धेरै थाेरै छ।तर रबी लामिछाने नेतृत्वको रास्वपाले भने आश्चर्यजनक मत पाएकाे छ।अन्य पार्टीले निकै कम आँकलन गरे पनि तेस्रो ठुलाे दल बन्ने दाैडमा याे पार्टी रहेकाे छ। तस्बिर एमाले अध्यक्ष केपी ओली हालसम्मको मतगणना हेर्दा कुनै पनि दलकाे स्पष्ट बहुमत नआउने देखिन्छ ।यसकाे मतलव सरकार कस्काे पाेल्टामा जान्छ भन्न सकिने अवस्था छैन।