काठमाडौं – वर्ल्डकप 2022 मा आज क्रिस्टियानाे राेनाल्डाेकाे टाेलीले अफ्रिकन मुलुक घाना सँग प्रतिस्पर्धा गर्ने छ।युराेपियन पावरहाउस पाेर्चुगल र अफ्रिकन भिड्दैपावरहाउस घाना बिचकाे खेल धेरै राेचक हुने छ।याे समुहमा दक्षिण काेरिया र उरुग्वे रहेका छन।सबै टिम बलियाे भएको कारण कुन टिम अगाडि बढ्छ निकै राेचक हुनेछ।राेनाल्डाे पछिल्लो समय क्लवमा खराब अवस्थाबाट गुज्रिरहेका छन।उनी मेनचेस्टर युनाईटेडमा आवद्ध छन तर प्रशिक्षणक टेन हाङ सँग उनकाे सम्बन्ध राम्रो हुन सकेकाे छैन।उनले धेरै खेल्ने माैका पाएका छैनन्।उनी खेलेका अधिकांश खेल हार भएको छ।उनी गाेल मेसिन भए पनि याे सिजन गाेल गर्न सकेका छैनन् ।विश्वकप शुरु हुनु अघि उनले दिएकाे अन्तर्वार्ताले फुटबल जगतमा हलचल मच्चाएको छ।उनले प्रशिक्षकले आफुलाई सम्मान नगर्ने भएको कारण आफू पनि सम्मान नगर्ने बताएका छन।मेनयुका पदाधिकारीहरुले आफू क्लवमा नचाहेको बताएका छन।सर एलेक्स फर्गुसनले क्लव छाडे पछि जस्ताकाे त्यस्तै रहेकाे कुनै नयाँ परिवर्तन नभएको आराेप लगाएका छन।संभवत उनी अब मेनयुमा नरहने पक्का जस्तै भएको छ।खराब अवस्था बाट गुज्रेका राेनाल्डाेकाे वर्ल्डकप यात्रा कस्तो हुनेछ,आगामी खेलहरुबाट देखिने छ।उनी जहिले पनि ठुला खेलका हिराे हुन तर उनकाे समूह सँगै रहेका अन्य टाेली पनि बलियाे भएको कारण सजिलाे भने छैन। आज चार खेल हुने छन,नेपाली समय अनुसार 3.45 स्वीजरल्यानड र क्यामरुन, 6.45 मा उरुग्वे र साउथ काेरिया 9.45 मा पाेर्चुगल र घाना अनि 12.45 मा ब्राजिल र सर्बिया खेल्नेछन।ब्राजिललाई प्रमुख दावेदार मध्येको एक मानिएको छ।