राेनाल्डाेकाे टिम लगातार हार तर कसरी ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं फागुन 26-साउदी प्राे लिगमा गत राति सम्पन्न खेलमा क्रिस्टियानाे राेनाल्डाेकाे अल नासिर क्लव , अल इत्तिहाद क्लव सँग  0-1 गाेलले पराजित भएको छ।याे हार सँगै अल नासिर शिर्ष स्थानबाट चिप्लिएर दाेस्राेमा झरेकाे छ भने चिर प्रतिद्वन्द्वी इत्तिहाद पहिलो स्थानमा उक्लिएकाे छ।   निकै प्रतिस्पर्धात्मक खेलमा  अल  इत्तिहादकाे लागि एकमात्र गाेल राेमानिन्हाेले खेलकाे 80 ओैं मिनेटमा गरेका थिए ।साउदी सुपर कपमा इत्तिहाद सँग नै 3-1 ले हारेकाे अल नासरलाई बदला लिने माैका थियाे तर याे माैका नासरले गुमाएको छ।20 खेल पछि शिर्ष स्थान उक्लेकाे इत्तिहादकाे 47 अंक छ भने दाेस्राे स्थानमा झरेकाे नासरकाे 46 अंक रहेकाे छ।2 अंकले अगाडि रहेका नासरले खेल जितेको भए स्पष्ट 5 अंककाे दुरी बनाउने थियाे ।फुटबलकाे सुपरस्टार सिआरसेभेन खेल्ने भए पछि रंगशाला भरिभराउ रहेकाे थियाे।समग्रमा हेड टु हेडमा नासर अगाडि रहे पनि लास्ट फाइभ म्याचमा भने अल नासरले अल इत्तिहादलाई हराउन सकेकाे थिएन।27-4-2019 मा 2/2 ड्र खेले देखि नासरले इत्तिहादलाई पराजित गर्न सकेकाे छैन।त्यसपछि 5 ड्र भएको छ भने 5 खेल इत्तिहादले जितेकाे छ।अल नासर काे उच्च गाेल कर्ता ब्राजिलका टालिस्काकाे अनुस्पथितिले पनि नासरलाई अप्ठ्यारोमा पारेकाे देखिन्थ्यो ।उनी साउदी प्राे लिगको टप गाेलकर्ता हुन उनले 13 गाेल गरेका छन। राेनाल्डाे 5 खेल बाटै 8 गाेल गरेर टप फाइभ गाेलकर्तामा  पुगे पनि अल इत्तिहाद सँगकाे दुवै खेलमा गाेल गर्न सकेका छैनन्।याे स्टाटिक हेर्दा अल नासरलाई अल इत्तिहादलाई हराउनु फलामको च्युरा सरह भएको छ।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *