काठमाडौं – स्थापना भएको छाेटाे समयमै रबी लामिछाने नेतृत्वको पार्टीले आश्चर्यचकित पार्ने मत ल्याएको छ।अहिले काे ताजा अवस्थामा माओवादी केन्द्र भन्दा पनि बढी मत ल्याएर तेस्रो ठुलाे शक्ति बन्ने हाेडमा आफुलाई दह्रो गरि उभ्याएकाे छ।हालसम्मको मतगणनामा माओवादी केन्द्रले 49612 मत ल्याएको छ भने ,राष्ट्रिय स्वतन्त्र पार्टीले 54969 मत ल्याएको छ।धेरै मत ल्याउने पहिलो स्थानमा 124931 र दाेस्राे स्थानमा नेपाली काँग्रेस 106546 रहेका छन।पार्टी टुटफुट भए पनि एमालेकाे संगठनात्मक संरचना बलियो भएको कारण धेरै मत ल्याउन सफल भएको छ।एमाले पार्टीका ठुला नेताहरु हारे पनि मत भने धेरै पाउने देखिएको छ।पार्टीका अधिकांश ठुला नेताहरु भने हार्ने संघारमा छन।पाचौं स्थानमा राप्रपाले 29834 मत ल्याएकाे छ।अन्य पार्टीहरूले भने 10 हजार मत कटाउन सकेका छैनन् ।