सिके राउतकाे जनमत पार्टीले 3% थ्रेसहाेल्ड पार गर्दा रबी लामिछाने नेतृत्वको रास्वपा पार्टीको हातबाट सरकारकाे चावी फुत्कियाे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं -सिके राउत नेतृत्वको पार्टी सरकारमा सामेल हुने भए पछि अब बन्ने गठबन्धनको सरकारलाई लगभग सरकार बनाउन चाहिने बहुमत पुग्ने देखिन्छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले 3% नल्याएको भए उसले प्रत्येक्ष तर्फ मात्रै    1 सिट जितेको थियाे तर 3% थ्रेसहाेल्ड कटाएकाेले उसले  समानुपातिक तर्फ 4 सिट पाउने संभावना छ।यी 5 सिट सँगै  सरकार बनाउन चाहिने  138 सिट पुग्छ।अन्य बाँकी रहेकाे 3 सिटमा पनि गठबन्धनको अग्रता रहेकाले 140/141 सिट हुनेछ।निर्णायक शक्ति मानिएको रबी लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अब सरकारमा जाने वा प्रतिपक्ष   मा बस्ने भन्ने दाेधार हुन सक्छ।सरकारमा जाँउ पुराना नेताका अन्डरमा काम गर्न सकिन्न ,नयाँ अनुहारले सरकारकाे नेतृत्व गर्ने संभावना कम छ सरकारमा  नजाँउ  आफुले साेच जस्तो काम  गर्न  पाईदैन ।निर्वाचनको  बेला  गगन  थापाहरु  सँग अघाेसित चुनावी  तालमेल गरेको भनेर  बजारमा चर्चा  पनि चलेकाे थियाे,यस्तोमा यदि  गगन थापाले  सरकारकाे नेतृत्व पाउँछन् भने लामिछाने नेतृत्वको पार्टी सहजै सरकारमा जाने संभावना देखिन्छ तर थापालाई आफ्नै पार्टी र गठबन्धनबाट सहयोग मिल्ला जस्तो देखिदैन।याे  संभावना पनि  न्यून छ।     संसदीय खेल  हाे  सरकार  बनाउने  समयमा टाउकाे  गनेर माेलताेल हुने भएकोले कुन  सांसद कता   उछिटिन्छन  भन्न सकिन्न।अहिलेकाे सरकार बनाउने केन्द्रीय शक्ति नभए पनि   रबी लामिछाने नेतृत्वको पार्टी पाँच बर्ष सम्म बलियो शक्तिको रुपमा हुनेछ ।धेरै राम्रो कुरा गरेका नेताहरू सरकारमा गए पछि केही नगरेकाले नयाँ अनुहारहरु प्रति आशा भए पनि सरकारमा  पुगे पछि के गर्छन् त्याे भने हेर्न बाँकी छ।                                   तस्बिर डा सिके राउत

Leave a Reply

Your email address will not be published. Required fields are marked *