काठमाडौं पुस 20-
प्रधानमन्त्री प्रचण्डले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए अनुसार प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णुप्रसाद पाैडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कदा ल्याउन पाउने माेवाइलकाे सम्बन्धमा गरिएको यस अघिकाे सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएका छन। अघिल्लो सरकारकाे कडाइ गर्ने प्रावधानलाई राेकेर त्याे भन्दा अगाडिको पुरानै चलिरहेको प्रक्रिया लागू गर्न निर्देशन दिएका हुन।विदेशबाट माेवाइल ल्याउँदा 18% कर तिर्नु पर्ने भन्दै वैदेशिक राेजगारमा रहेका नेपालीहरुले विराेध गरिरहेका छन।नेपाल दुरसञ्चारले भन्सार छली गरि माेवाइल भित्र्याउने प्रवृत्ति राेक्न भन्दै माेवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस प्रणाली कार्यान्वयन गर्ने समयसीमा तय गरेकाे थियाे।याे व्यवस्था लागु भए पछि विदेशबाट फर्किने क्रममा ल्याएको एक भन्दा बढी माेवाइलमा 18% भन्सार कर लाग्ने र तेस्रो माेवाइल ल्याएमा भन्सार विभागले जफत गर्ने नियम बनाएको थियाे।
नेपालकाे अर्थतन्त्र नै वैदेशिक राेजगारीमा रहेका नेपालीहरुकाे रेमिट्यान्स बाट चलेकाे हुनाले उनिहरुले ल्याउने सामानमा कडाइ गर्न नहुने भनेर नेपाल सरकारकाे चाैतर्फी आलोचना हुने गरेकाे छ।