काठमाडौं मंसिर 26-कतारमा जनरी world cup 2022 काे दाेस्राे सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र याे वर्ल्ड कपमा इतिहास बनाएको अफ्रिकी टिम माेराेक्काे बिहीबार 12.45 मा अल व्यात रंगशालामा भिड्दैछन।डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई टाईटल रिटेन गर्ने सुनाैलाे माैका छ ।यस अघि ब्राजिलले मात्रै 1962 मा टाईटल रिटेन गरेकाे थियाे।क्वाटरफाइनलमा 2-1 ले ईङ्ग्ल्यान्डलाई हराएको फ्रान्सलाई अब आफ्नो टाईटल डिफेन्ड गर्न मात्रै 2 खेल जित्नु पर्नेछ।ईङ्ग्ल्यान्डका हेरी केनले खेलकाे 84 मिनेटमा पेनाल्टी मिस गरे पछि भाग्यमानी भएको फ्रान्सले बेल्जियम,स्पेन र पाेर्चुगललाई हराएर सनसनी मच्चाएको टिम माेराेक्काेकाे सामना गर्नु पर्ने छ।ठुलाे प्रतियोगितामा भेट नभएका यी दुई टिम 15 बर्ष पछि वर्ल्डकपमा भेट भएका हुन।यस अघि यी दुई टिमकाे भेट मात्रै 2 पटक भएको छ एक खेल फ्रान्सले जितेको थियो भने एक खेल बराबरी भएको थियाे।माेराेक्काेले क्यानडा सँगकाे आत्मघाती गाेल बाहेक अहिलेसम्म गाेल खाएको छैन ।फ्रान्सले भने अहिलेसम्म 5 खेलमा 12 गाेल गरिसकेको छ।खेल माेराेक्काेकाे बलियो डिफेन्स र फ्रान्काे बलियाे अटाकिङ काे प्रतिस्पर्धा हुनेछ।फर्ममा रहेका फ्रान्सेली स्टार खेलाडी केलियन एमबाप्पेले 5 गाेल गरिसकेका छन।अल टाईम टप स्काेरर ओलिवर जिराउड पनि उत्कृष्ट फर्ममा छन।ईतिहास लेखेकाे अफ्रिकी देश पनि उत्कृष्ट फर्ममा छ।यी दुई टिमकाे खेल धेरै प्रतिस्पर्धात्मक हनेछ। france football team