फाइनल जस्तै हेभीवेट म्याच England vs France बिचमा।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं १९ मंसिर -कतारमा जारी रहेको world cup 2022 मा गए राति भएको प्रिक्वाटरफाइनल खेलमा England ले Senegal लाई 3-0 गाेलले पराजित गरि क्वाटरफाइनल प्रवेश गरेकाे छ।फुटबल जगतकाे अनुभवी शक्ति राष्ट्र England ले सेनेगललाई सहजै पाखा लगायाे।खेलभरि आफ्नो दवदवा राखेकाे इन्ल्यान्डकाे लागि जाेर्डन हेन्डर्सनले 38 मिनेटमा गाेल गरेर टाेलीलाई अग्रता दिलाएका थिए ।पहिलो हाफ कै 48 मिनेटमा हेरी केनले गाेल गरेर अग्रता दाेब्बर बनाएका थिए ।त्यसपछि दाेस्राे हाफ शुरु भएको 12 मिनेटमै बुकायाे साकाले गाेल गरेर अग्रता तेब्बर बनाएका थिए ।त्यसपछि खेलमा कुनै पनि गाेल  हुन सकेन र इङ्ल्यान्डले खेल 3-0 ले आफ्नो  जीत  सुनिश्चित गर्याे।  त्यसाे त यी दुई टाेलीकाे भेट पहिलोपटक भएको हाे यसमा इङ्ल्यान्ड ईतिहास आफ्नो पक्षमा पार्न सफल भयाे।                                     अब इङ्ल्यान्डकाे भेट    डिफेन्डिङ    च्याम्पियन फ्रान्स सँग डिसेम्बर 11 मा हुनेछ ।फ्रान्सले पाेल्यान्डलाई गए राति नै 3-1 गाेलले हराएको थियाे।फुटबलमा  परम्परागत शक्तिशाली राष्ट्र अनि दुवै पुर्व विश्व च्याम्पियन भएकोले खेल एकदमै धमकेदार हेभीवेट हुनेछ।अहिलेसम्म यी दुई टाेली 31 पटक आमनेसामने भएका छन इङ्ल्यान्ड 17 पटक र फ्रान्स 9 पटक विजयी भएका छन भने 5 मा ड्र भएको छ।अन्तिम पटक यी दुई टालीकाे भेेट 2017 मा फ्रेन्ड्ली म्याचमा भएको थियाे जसमा फ्रान्स 3-2 गाेलले विजयी भएको थियाे।दुवै टाेली प्रतियोगिताको प्रमुख दाबेदारी मानिएकोले  एक टिम बाहिरिदा अन्य टिमलाई फाइदा हुनेछ।                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *