प्रचण्ड प्रधानमन्त्री बन्ने हल्लाले गठबन्धनमा खैलाबैला।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं मंंसिर १७-सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनावी एकता गरेर गए पनि निर्वाचन पछि याे गठबन्धन कति बेला सम्म टिक्छ भनेर टीकाटिप्पणी हुन थालेकाे छ।अहिले मतगणना काे परिणाम अन्तिम चरणमा छ भने कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेकाे छैन।सबैभन्दा ठुलाे दल सिटकाे आधारमा काँग्रेस छ भने मतकाे आधारमा एमाले छ दुवै सँग लगभग बराबरको शक्ति रहेकाे छ।यस्तोमा एउटा दलले सरकार बनाउन बहुमत पुर्याउन सकेन भने अर्को दलले बहुमत पुर्याउन प्रयास गर्ने छ।भनाै अहिले  सरकार कसले बनाउन सक्छ भनेर ठाेकुवा गर्न सक्ने अवस्था छैन।गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रकाे अध्यक्ष प्रचण्डलाई एमालेले नै सरकारकाे नेतृत्व गर्न वा आफ्नाे नेतृत्वमा आउन प्रस्ताव राखि सकेकाे समाचार बाहिरी सकेका छन।एमालेले दाेस्राे पुस्ताका नेतालाई प्रचण्डलाई भेटेर यस्तो प्रस्ताव राखिएको बुझिएको छ।एमालेले पुराना तिक्तता भुलेर बाम गठबन्धन गर्न माओवादी केन्द्र र नेकपा एस लाई प्रस्ताव गरेकाे बुझिएको छ।उता प्रचण्ड पनि आफ्नो समर्थन गर्न भारत र चिन दुवैलाई मनाउन थालेकाे बुझिएको छ।भारतीय नेपाली राजनीतिक जानकार एस डि मुनीकाे देउवाले प्रधानमन्त्री पद छाेड्न सक्ने ट्विट अनि बर्षमान पुन स्वास्थ उपचार भन्दै चिन जान लाग्नुले प्रचण्ड प्रधानमन्त्री बन्न भित्री तयारीमा जुटेकाे अड्कल लगाउन सकिन्छ ।उसाे त अहिलेकाे अवस्थामा सरकार बनाउनकाे लागि मुख्य चावी माओवादी केन्द्रकाे हातमा रहेकाे छ।यदि उसले अब बन्ने सरकारकाे नेतृत्व गर्न चाहन्छ भने त्याे संभव देखिन्छ ।तर प्रचण्डले कुनै पनि हालमा गठबन्धन नटुट्ने बताउँदै आएका छन।काँग्रेसले समर्थन गरेकाे खण्डमा प्रचण्ड सजिलै प्रधानमन्त्री बन्न सक्छन तर काँग्रेस भित्र प्रधानमन्त्रीको आकांक्षी धेरै रहेका छन।देउवा बाहेक शेखर  काेईराला ,प्रकाशमान सिंह र गगन थापा प्रधानमन्त्री बन्ने हाेडमा छन।     यस्तोमा काँग्रेसले सरकार बनाउन त्यति सजिलो छैन।एमालेले पनि निर्वाचन पछि आफ्नो बहुमतको सरकार बन्ने बताउदै आएकाे थियाे तर बहुमत त आएन नै सबै जसाे ठुला नेताहरू पराजित भएका छन।सरकार बनाउन एमालेलाई पनि सजिलाे छैन।प्रचण्डको बाेलीमा भर नभएको भनेर खुबै आलोचना हुने गरेकाे छ।यदि प्रचण्डले गठबन्धन नटुट्ने कुरा व्यवहारमा लागू नगरी एमाले सँग मिलेर सरकार बनाउँछन् भने प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना बलियाे छ।रबी लामिछाने नेतृत्वको पार्टी पनि अहिलेकाे सरकार बनाउने कुरामा ठुलाे राेल खेल्न सक्छ किनभने उ पनि चाैथाे ठुलाे शक्ति हाे।याे निर्वाचनमा धेरै  नयाँ अनुहारहरु विजयी हुनु र पराना पार्टी भित्र पनि नयाँ अनुहारले सरकारकाे नेतृत्व गर्नु पर्ने आवाजहरु उठेका कारण पुराना पार्टीबाट गगन थापा र नयाँ पार्टीबाट रबी लामिछानेकाे प्रधानमन्त्री बन्ने संभावना लाई नकार्न भने सकिन्न।तर प्रधानमन्त्री बन्ने रेसमा सबैभन्दा अगाडि प्रचण्ड देखिएका छन।नेपाली राजनीतिमा जे पनि हुने र आफ्नो फाईदाकाे लागि जाे सँग पनि मिल्ने भएकोले यस्तै हन्छ भनेर भन्न सकिने अवस्था भने छैन।                                तस्बिर माओवादी अध्यक्ष प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *