प्रचण्डको प्रधानमन्त्री बन्ने कसरत।

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं पुस 7-नेकपा केन्द्रका  अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेपाली काँग्रेसकाे सभापति सेर बहादुर दउवा सँग भेट गरेका छन। उनले देउवा समक्ष आफुलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन। हिजाे मात्रै देउवा नेपाली काँग्रेसकाे संसदीय नेतामा निर्वाचित भएका छन।उनले युवा नेता गगन थापालाई 39 मतले पराजित गरि संसदीय दलकाे नेतामा निर्वाचित भएका हुन।देउवा आफै प्रधानमन्त्री बन्नु पर्छ भन्ने अडानमा छन।सबैभन्दा ठुलाे दलले सरकार बनाउन पाउने भए पनि अझैसम्म कसले सरकार बनाउला भनेर भन्न सकिने अवस्था छैन। निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेकाले नेपाली काँग्रेस र नेकपा एमाले बिच साना दल फकाउने क्रम जारी छ। साना दलहरु पनि कुन पार्टीको सरकारमा जाँदा धेरै फाइदा हुन्छ भनेर पर्ख र हेर काे अवस्थामा छन।यस्तो अवस्थामा सरकार गठनकाे प्रक्रिया झन पर धकेलिएकाे राजनीतिक वृतमा चर्चा चल्न थालेकाे छ । निर्वाचन अगाडि भएकाे भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएकाे स्राेतहरुले जनाएका छन। निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गर्नुभएकाे हाे । उता एमाले सँग पनि छलफलमा रहेका नेकपा केन्द्र पार्टीले भने जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउछ उसकै पछि लाग्ने देखिन्छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि सुटुक्क नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकाेट पुगेका छन।रास्वपा पनि चाैथाे ठुलाे दल भएकोले उसले सरकार निर्माणमा ठुलाे भुमिका खेल्ने छ।आफ्नै सहकर्मीहरुले अहिले सरकारमा जानू हुँदैन भनेर सुझाव दिँदा पनि सभापति लामिछाने सरकारमा जान लालयित भएको भनेर आलाेचना भएको छ।लामिछाने भने उनकाे नागरिकता लगायतका विषयलाई जुन सरकारले सुल्झाउछ उसैलाई सरकार बनाउन सघाउने बिचारमा देखिन्छन् ।कुनै पनि दलका प्रधानमन्त्री बन्न सक्ने अवस्था भएकोले प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा त्यति सहज देखिदैन । गठबन्धन भित्रबाट प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना पूरा नहुने भए पनि एमाले सँग मिलेर सरकार बनाउछन भने प्रधानमन्त्री बन्न सक्ने देखिन्छ ।विगतको अनुभवलाई हेर्दा सत्ताकाे लागि जे पनि गर्ने दल र तिनका नेताहरूले यस्तै गर्छन् भनेर भन्न सकिने अवस्था    भने  देखिदैन।                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *