काठमाडौं 10 फाल्गुन -युरोपियन क्लव स्तरकाे सबैभन्दा ठुलाे प्रतियोगिता च्याम्पियन्स लिग खेलमा भएको फस्ट लेग खेलमा लालिगा जाइन्ट रियल म्याड्रिडले ईंग्लिश जाइन्ट लिभरपुललाई 5-2 गाेल काे भारी अन्तरले पराजित गरेकाे छ।14 मिनेटमै 2-0 काे अग्रता लिएको लिभरपुल सम्हालिन नसक्दा लगालग 5 गाेल खान पुग्याे ।च्याम्पियन्स लिगकाे राजा भनेर चिनिने रियल म्याड्रिडले उत्कृष्ट कमब्याक जित निकालेको छ।4 मिनेटमा डर्बिन नुनेज र 14 मिनेटमा माेहमद सलाहकाे गाेलमा उत्कृष्ट सुरुवात गरे पनि लिभरपुलले आफ्नो लय जारी राख्न नसक्दा हार ब्यहाेरेकाे छ।खेलकाे 21 मिनेटमा रियलकाे लागि भिनिसियस जुनियरले गाेल गरे पछि भने लिभरपुल अगाडि बढ्न सकेन,त्यस पछि भिनिसियसले नै खेलकाे 36 मिनेटमा गाेल गरेर खेल बराबरीमा पुर्याए।यतिमै रियल राकिएन खेलकाे 47 मिनेटमा रियल डिफेन्डर इमिलाओ मिलिटाओले गाेल गरेर 2-3 काे अवस्थामा पुर्याए।रियल सुपरस्टार करिम बेन्जमाले खेलकाे 55 र 67 मिनेटमा गाेल गरेर खेल 2-5 काे गाेल अन्तरमा पुर्याए त्यसपछि खेलमा दुवै पक्षबाट राम्रो माैकाकाे सृजना गरे पनि गाेल हुन सकेन र रियलले लिभरपुललाई 5-2 काे गाेल अन्तरले पराजित गरेकाे छ।याे खेल पहिलाे लेग हाे लिभरपुल आफ्नै घरेलु मैदानमा नराम्रो सँग पराजित भएको छ।दाेस्राे लेग रियलकाे घरेलु मैदानमा मार्च 16 मा हुनेछ।अब लिभरपुलले कम्तीमा 4 गाेल अन्तरमा रियललाई हराउनु पर्ने भएकोले लगभग बाहिरिएको अवस्था छ।अर्काे खेलमा सिरि ए लिग लिडर नेपाेलीले जर्मन क्लव फ्रंकफर्टलाई 2-0 ले पराजित गरेका छ।अहिलेकाे चम्किलो नाइजेरियन स्टार भिक्टर ओसिमन र डि लाेरेन्जाेले गाेल गरेका थिए । खेलकाे 40 मिनेटमा ओसिमेन र 67 मिनेटमा लाेरेन्जाेले गाेल गरेका थिए ।
रियल खुशी मनाउँदै