काठमाडौं मंसिर 22-चर्चित स्पेनिस पत्रिका मार्काले पाेर्चुगलकाे रिपब्लिकले लेखेकाे भनेर उद्धृ त गर्दै क्रिस्टियानाे राेनाल्डाेले आफ्नो टिम सँगकाे अभ्यास मैदान छाेडेकाे भनेर लेखेकाे छ। पाेर्चुगलका प्रशिक्षक फर्नान्डाे सन्तोषले राेनाल्डाेलाई शुरुआती 11 भन्दा अतिरिक्त खेलाडीहरुकाे समूह सँग अभ्यास गर्न भने पछि उनी रिसाएर अभ्यास मैदान छाेडेकाे र पाेर्चुगल टिममा भुँईचालाे आएकाे भनेर मार्काले लेखेकाे छ। पाेर्चुगलकाे आगामी खेल अफ्रिकी सरप्रराइज टिम माेराेक्काे सँग नेपाली समय अनुसार 8.45 मा डिसेम्बर 10 मा हुनेछ। अहिलेसम्म यी दुई टिम 2 पटक आमनेसामने भएका छन त्याे पनि वर्ल्डकप मै।1986 माेराेक्काे 3-1 ले विजयी भएको थियाे भने 2018 मा पाेर्चुगल 1-0 ले विजयी भएको थियाे,त्याे गाेल राेनाल्डाे ले नै गरेका थिए । प्रशिक्षक सन्तोषले राेनाल्डाेलाई काेरिया सँगकाे खेलमा सब्सिच्युट गरेका थिए भने स्वीजरल्यान्ड सँगकाे खेलमा शुरुआती 11 मा खेलाएका थिएनन्।राेनाल्डाे काे स्थानमा माैका पाएका वेनिफिका स्टार गाेन्कालाे रामाेसले याे प्रतियोगिता कै पहिलाे ह्याट्रिक गाेल गरेर आफुले पाएकाे माैकाकाे सदुपयोग गरेका थिए ।खेल अवधिभर राेनाल्डाे पनि खुशी मनाईरहेका थिए । स्वीजरल्यान्ड सँग 6-1 गाेलले विजयी भएको पाेर्चुगल प्रशिक्षकलाई राेनाल्डाेलाई शुरुआती 11 मा नखेलाउनुकाे कारण साेधेका थिए ।सन्ताेषले जवाफमा आफ्नो खेल रणनीति अनुसार नै राेनाल्डाेलाई बेन्चमा राखेकाे र कुनैपनि अनुशासन ईस्यु नरहेको बताएका थिए ।तर पनि विभिन्न टिकाटिप्पनी गर्नेहरुले राेनाल्डाे र सन्तोषकाे खटपट चलेकाे भनेर लेखेका छन।राेनाल्डाे यति फेमस छन कि उनकाे नाम जाेड्नु बित्तिकै त्याे समाचार करोडौंमा फैलिन्छ,त्यसको फाइदा मिडिया क्षेत्रले राम्रोसँग उठाएको छ।यस कारण राेनाल्डाेले नपाउनु पर्ने तनाव पनि पाईरहेका हुन्छन।याे खैलाबैलामा थप घिउ थप्ने काम राेनाल्डाेकाे गर्लफ्रेन्ड जाेर्जियाना राेड्रिगेजले गरेका छन। उनले इंस्टाग्राम पाेस्ट गर्दै लेखेकी छिन बधाई छ पाेर्चुगल जब 11 खेलाडीले राष्ट्र गान गाए सबैकाे नजर तपाई माथि थियाे।कति लाजमर्दो कुरा हाे 90 मिनेटसम्म संसारकाे सर्वश्रेष्ठ खेलाडीको फाइदा उठाउन सकेन तर पनि फ्यानहरुले तपाईंलाई साेध्न र तपाईंको नाम चिच्याउन बन्द गरेनन्।याे कुराले पनि केही न केही गडबडी छ भन्ने बुझिन्छ ।मेनचेस्टर युनाइटेडमा यही समस्या झेलेका राेनाल्डाेलाई आफ्नो राष्ट्रिय टिम र प्रशिक्षकले दरिलाे साथ दिनेमा सबै ढुक्क थिए तर पनि त्याे हुन भने सककाे देखिन्न। हुनत राेनाल्डाेलाई आफू सर्वश्रेष्ठ खेलाडी हुँ भनेर सावित गर्नु पर्ने जरुरी छैन किनकि उनले वर्ल्डकप बाहेक सबै उपाधी जिति सकेका छन र कयौं रेकर्ड बनाएका छन ।कतिपय यस्ता रेकर्ड छन जाे ताेड्न असम्भव छ। यस पटककाे वर्ल्डकप राेनाल्डाेकाे लागि अन्तिम भएको र उनले याे उपाधी जिते सन्यास लिने सम्म बताएका थिए यसै कारण पनि उनी धेरै समय खेल्न चाहन्थे।यही खैलाबैला बिचमा राेनाल्डाेले साेसलमिडियामा पाेस्ट गर्दै भनेका छन। हाम्रो टिम ताेड्न बाहिरी ताकत लागेकाे तर पाेर्चुगल धेरै साहसी बहादुर देश भएकोले कुनै पनि विराेधी सँग भयभित नहुने र शब्दको सही अर्थमा एक टिम जाे अन्तिमसम्म सपनाको लागि लड्ने छ।हाम्रो साथ र विस्वासकाे एक छलाङ लगाओैं कम अन पाेर्चुगल भन्दै लेखेका छन।