काठमाडौं -देशभरिबाट मतगणनाकाे नतिजा आउने क्रम जारी छ।हाल सम्म नेपाली काँग्रेस पार्टीले प्रत्येक्ष तर्फ 17 सिटमा जित 40 सिटमा अग्रता लिएकाे छ।एमाले पार्टीले 6 सिटमा जित 37 सिटमा अग्रता लिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले 4 सिटमा जित र 4 सिटमा अग्रता लिएकाे छ।नेकपा केन्द्रले 3 सिटमा जित र 13 स्थानमा अग्रता लिएको छ।अन्य पार्टीहरुकाे को मत धेरै थाेरै रहेकाे छ।समानुपातिक तर्फ भने काँग्रेस भन्दा एमालेको मत धेरै छ।यी दुई पार्टी मध्य एकले सरकार बनाउने पक्का जस्तै छ।गठबन्धनमा काँग्रेस ,नेकपा केन्द्र ,नेकपा एकीकत समाजवाादी भए पनि नेकपा केन्द्र र एकीकत समाजवादीले धेरै मत ल्याउने देखिएकाे छैन।उता एमालेले पनि राप्रपा सँग चुनावी गठबन्धन गरेकाे छ पार्टी टुटफुटबाट गुज्रिए पनि पार्टीको संगठनात्मक संरचना बलियाे भएको कारण एमालेले राम्रो मत पाएकाे छ।तर राप्रपाले साेचे जस्तो मत पाएकाे छैन।रबी लामिछाने नेतृत्वको पार्टीले भने स्थापना भएको थाेरै समयमा अप्रत्याशित मत ल्याएकाे छ।यस्तोमा काँग्रेस वा एमाले दुवैले एक्लै सरकार बनाउन सक्ने छैनन् ।अहिलेसम्मकाे मतगणना हेर्दा आगामी सरकारकाे चाबी राष्ट्रिय स्वतन्त्र पार्टीकाे हातमा हुने पक्का पक्की छ।तर सरकार र संसदमा अनुभव नभएको कारण माओवादी पार्टी लगभग दुई तिहाई सिट भएर पनि पहिलाे पटक सरकारमा हुँदा नराम्ररी लिप्लिएकाे थियाे ,याे कुरामा भने रास्वपा सजग हुनु पर्ने देखिन्छ ।किनकि राष्ट्रिय स्वतन्त्र पार्टी आगामी सरकारमा हुने निश्चित जस्तै छ।सरकारमा भए पछि भने कस्तो काम गर्छन त्याे हेर्न बाँँकी छ। तस्बिर ताेसिमा कार्की (ललितपुर 3 बाट निर्वाचित )उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन।