काठमाडौं पुस 3- कतारमा जारी वर्ल्ड कप 2022 फाइनलमा अर्जेन्टिनी कप्तान मेस्सीले 23 मिनेटमा पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिएका थिए ।फ्रान्सेली खेल छायामा परेकाे बेला डि मारियाले खेलकाे 36 मिनेटमा गाेल गरेर अर्जेन्टिनी अग्रता दाेब्बर बनाएका थिए ।पहिलो हाफमा फ्रान्सले विपक्षी गाेलमा सिंगल सुट पनि गरेकाे थिएन।बल टच पनि झन्डै 100 काे फरकमा थियोे ।तर दाेस्राे हाफको 80 मिनेटमा फ्रान्सले पेनाल्टी पायाे याे अवसरलाई एम्वाप्पेले खेर फालेनन् र खेल 1-2 काे स्थितिमा पुर्याए तर त्यसको 1 मिनेट नबित्दै एम्वाप्पेले फेरि अर्को गाेल गरेर खेल बराबरी मा पुर्याएका छन।गाेल्डेन बुटमा मेस्सीलाई पछि पार्दै एम्वाप्पे अगाडि बढेका छन।अर्जेन्टिनी कप्तान काे 6 गाेल छ भने एम्वाप्पेकाे 7 गाेल पुगेको छ।यी दुवै खेलाडीले फ्रान्सेली क्लव पिएसजी बाट व्यवसायीक खेल खेल्छन।खेल अहिले ईक्स्ट्रा टाइममा पुगेको छ।